घले दम्पतीद्वारा ३ करोड सहयोग
नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा एमआईटी ग्रुप फाउण्डेशनले ३ करोड रुपैयाँ सहयोग गरेको छ ।
गैरआवासीय नेपालीहरु शेष घले र जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनको तर्फबाट फाउण्डेशनका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको फाउण्डेशनले जनाएको छ ।
यात्रामा भइरहेको अवरोधका कारण आफूहरु उपस्थित हुन नसकेको कारण आफूसहितका प्रतिनिधिहरुले सो रकमको चेक हस्तान्तरण गरेको फाउण्डेसनका निर्देशक सुरेश चित्रकारले जानकारी दिनु भयो ।







प्रतिक्रिया राख्नुहोस्