स्थानीय तहले घर घर पुर्याउदै सामाजिक सुरक्षा भत्ता

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घर घरमै पुगि वितरण गरेको छ ।
लकडाउनका कारण बृद्धवृद्धाहरु बैंकसम्म जान नसक्ने भएका कारण नगरपालिकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
गाउँपालिकाले ज्येष्ठ, एकल, अपांगता, दलित र बालपोषण भत्ता घरमै गएर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका नागरिकलाई घरमै पुगेर भत्ता वितरण भइरहेको बनगाड कुपिण्डे नगरपालिकाका सूचना अधिकारी धर्मराज ढकालले बताउनुभयो । जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको ढकालले बताउनुभयो ।
लकडाउनको समयमा नै नपाउँदा समस्यामा परेका नागरिक अहिले घरमै आएर जनप्रतिनिधि र कर्मचारीले भत्ता दिँदा दंग परेको बनगाड कुपिण्डे नगरपालिका–८ का वडाध्यक्ष कुलबहादुर पुरीले बताउनुभयो । लकडाउनले जनप्रतिनिधि र जनतालाई नजिक बनाउन पनि मद्दत गरेको उहाँको भनाई छ ।
उहाँले दोस्रो चौमासिकमा दुई करोड ३१ लाख १३ हजार छ सय सामाजिक सुरक्षा भत्ता वितरण हुने जानकारी दिनुभयो ।
अहिले वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता दोस्रो चौमासिकको समेत रहेको नगरपालिकाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्