रुखबाट लडेर गम्भीर घाइते महिलाको हेलिकप्टर मार्फत उद्धार
बाजुरा । घाँस काट्दा रुख बाट लडेर गम्भीर घाइते बडिमलिका नगरपालिका वडा न.८ मार्तडीकि ३५ वार्षिय धनमती रावललाइ हेलिकप्टर मार्फत उद्दार गरेर उपचारका लागि काठमाडौ पठाइएको उक्त वडा का वडा अध्यक्ष प्रकाश रावलले बताउनु भएको छ ।
घाँस काट्दा रुख बाट लडेर मेरुदण्ड भाँच्चिएर उपचारका लागि जिल्ला अस्पतालमा भर्ना भएकी उनको नेपाल सरकार गृहमन्त्रालको सहयोगमा हेलिकप्टर मार्फत उद्धार गरेर काठमाडौ पठाइएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्मा ले जानकारी दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत गृहमन्त्रालयमा पहल पछि उद्धार भएको वडाअध्यक्ष रावलले बताउनु भयो । घाइतेलाइ सेनाको हेलिकप्टर मार्फत सुर्खेत पुर्याएको छ भने त्यहा बाट सेनाको जहामा काठमाडौ लगिएको नेपालि सेनाका मेजर रबिन श्रेष्ठले जानकारी दिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्