तपाईँ सुन्दै हुनुहुन्छः

सेनाद्वारा कोरोना भाइरससम्बन्धी प्रदर्शनी

महोत्तरी । महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा रहेको नेपाली सेनाको रणभीम गणले आज कोरोना भाइरससम्बन्धी प्रदर्शनी गरेको छ ।

मध्यपूर्वी पृतनाको आयोजनामा रणभीम गणले आज जिल्लाका सम्पूर्ण सरोकार पक्षलाई बोलाएर संक्रमण फैलिएमा रोकथाम, नियन्त्रण, यसबाट बच्न र बचाउने उपायबारे गणको परिसरमा प्रदर्शनी भएको हो ।

विभिन्न व्यक्तिले प्रयोग गर्ने ६ प्रकारका पिपिई तथा त्यसको प्रयोगको तरिका पनि प्रदर्शनीमा देखाइएको थियो ।

कोरोनाको संक्रमणबाट यदि कोही मानिसको मृत्यु भएमा मृत शरीर कसरी व्यवस्थापन गर्ने, परिवारजन संक्रमणबाट टाढा राख्ने, सान्त्वना दिने र अन्तिम संस्कार गर्नेसम्बन्धी विषय पनि प्रदर्शनीमा देखाइएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button