रेमिटेन्स तिव्र दरले घट्ने : विश्व बैक

काठमाडौं । विश्व बैकले विश्वव्यपी रुपमा सन् २०२० मा विपे्रषणको आप्रवाह अहिले सम्मकै उच्चदरले घट्ने प्रक्षेपण गरेको छ ।
विश्व बैकले वासिङटनबाट जारी गरेको विज्ञप्तीमा चालु सन् २०२० मा विश्वव्यपी रुपमा विपे्रषणको आप्रवाह २० प्रतिशतले घटने प्रक्षेपण गरेको हो ।
विश्व बैकले कोरोना महामारीका कारण विश्वव्यापी रुपमा गरिएको बन्दाबन्दी, वैदेशिक रोजगारीमा हुने कटौती, कामदारहरुको ज्यालामा हुने कटौती र अर्थतन्त्रमा पर्ने प्रभावका कारण विपे्रषणमा उच्च दरले कमि आउने उल्लेख गरेको छ ।
बैकका अनुसार न्युन र मध्यम आय भएका मुलुकहरुमा यस्तो विपे्रषण १९.७ प्रतिशतले घटेर चार सय ४५ अर्ब डलर मात्र हुने उल्लेख गरेको छ ।
विप्रेषण आप्रवाहमा हुने कमीका कारण सबैभन्दा बढी विकासशिल मुलुकहरु प्रभावित हुने भएकोले ती मुलुकहरुमा जनताका स्वस्थ्य लगायतका आधारभूत आवश्यकता पुरा गर्न विश्व बैकले तिब्र र व्यापक कार्यक्रम र योजना अघि सारेको विश्व बैक समूहका अध्यक्ष डेभिड मल्पासले बताउनु भएको छ ।
विश्व बैकले सन् २०२० मा युरोप तथा मध्य एशियामा २७.५ प्रतिशत, सबसाहारा तथा अफ्रिका क्षेत्रमा २३.१ प्रतिशत, दक्षिण एश्यिामा २२.१ प्रतिशत,मध्यपूर्व र उत्तर अमेरिकामा १९.६ प्रतिशत,ल्याटिन अमेरिकामा १९.३ प्रतिशत,पूर्वी एशिया तथा प्रशान्त क्षेत्रमा १३ प्रतिशतले विप्रेषण आप्रवाह रकम घट्ने जनाएको छ ।
विश्व बैकले सन् २०२१ मा भने न्यून तथा मध्यम आय भएका मुलुकहरुमा विप्रेषको आयमा ६.५ प्रतिशतले वृद्धि भै ४ सय ७० अर्ब डलर बराबरको विप्रषण आय हुने उल्लेख गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्