तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक : सम्पादकहरूसँग सुझाव

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले  मिडिया काउन्सिल विधेयकमा आज विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग सुझाव लिएको छ । 

समितिको आज बसेको बैठकमा विभिन्न सञ्चार माध्यमका सम्पादकहरूले मिडिया काउन्सिललाई अर्धन्यायिक निकायका रूपमा राख्नुपर्ने, विदेशी अनुदान लिने व्यवस्था हटाउनुपर्ने र संसदीय प्रक्रियाबाट काउन्सिलको नेतृत्व चयन गरिनुपर्ने सुझाव दिनुभयो । 

समितिले यसअघि नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरू, विश्वविद्यालयका प्राध्यापकहरू र पत्रकारितासँग सम्बन्धित विभिन्न संघसंगठनका प्रतिनिधिसँग मिडिया काउन्सिल विधेयकमाथि सुझाव लिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button