तपाईँ सुन्दै हुनुहुन्छः

सिंगटी क्वारेन्टीनमा रहेकाहरु घर फिर्ता

दोलखा । दोलखाको कालिञ्चोक गाँउपालिका स्थित सिंगटीको क्वारेन्टीनमा रहेका २३ जनालाई आईतबार घर पठाईएको छ ।

क्वारेन्टीनमा बसेको १४ दिन पुरा भएको र र्यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) तथा स्वाब परिक्षणको नतिजा समेत नेगेटिभ आएकोले घर पठाईएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताउनु भयो ।

गत २०७६ चैत्र २५ गते लकडाउनको समयमा काठमाडौँबाट आएका दोलखा कालिञ्चोक गाँउपालिकाका उनीहरुलाई स्थानिय प्रशासनले कालिञ्चोक गाँउपालिकाको समन्वयमा सिंगटीमा रहेको क्वारेन्टीनमा राखेको थियो । २३ जना मध्य २२ जना काठमाडौँबाट र एक जना भारतबाट काठमाडौँ हुदै दोलखा आएका थिए ।

क्वारेन्टीनमा रहेका २३ जना मध्य काठमाडौँबाट आएका २२ जनाको आरडिटी परिक्षण गरिएको थियो भने भारतबाट आएका एक जनाको स्वाब परिक्षण गरिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताउनु भयो ।

क्वारेन्टीनमा रहेकाहरुलाई थप सात दिन होम क्वारेन्टीनमा रहने गरी विदाई गरिएको कालिञ्चोक गाँउपालिकाका उपप्रमुख कालिका पाठकले बताउनु भयो ।

उनीहरुलाई कोरोना भाईरस (कोभिड १९) को बारेमा थप जानकारी गराउदै अब सात दिन होम क्वारेन्टीनमा बस्न अनुरोध सहित विदाई गरिएको उपप्रमुख पाठकले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button