तपाईँ सुन्दै हुनुहुन्छः

एनएसपिएलका लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) का लागि टिम दर्ता प्रक्रिया सुरु भएको छ । 

डिजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने टी–१० क्रिकेट प्रतियोगितामा सहभागी हुन चाहने कम्पनीहरूले अनलाइन वा इमेल मार्फत फारम लिन सक्नेछन् ।

टिम छनोट ब्रिडिङ प्रणालीमार्फत हुने आयोजकले जनाएको छ । साउन १ देखि १५ सम्म खुला रहेको दर्ता प्रक्रियाका लागि ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । प्रतियोगिता असोज १५ देखि २४ गतेसम्म मुलपानी क्रिकेट मैदान (तल्लो) मा हुनेछ । सात टिमको सहभागिता रहने प्रतियोगितामा कूल २४ खेल हुनेछ । एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button