तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले बङ्गलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बङ्गलादेशसँग आगामी सेप्टेम्बर ६ र ९ मा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फिफा विन्डो अन्तर्गतका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् । नेपालले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोट अन्तर्गत भियतनामसँगको खेलको तयारीका लागि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल एसियन कप छनोटको समूह ‘एफ’ मा छ । यो समूहमा नेपालसँगै मलेसिया, लाओस् र भियतनाम छन् । समूह चरणका दुई खेल खेलेको नेपालले दुवै खेल हार बेहोरेको छ ।

नेपाल मलेसियासँग २–० र लाओससँग २–१ ले पराजित भएको थियो । नेपालीले अब अक्टोबर ९ मा भियतनामसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button