तपाईँ सुन्दै हुनुहुन्छः

एसिसी यू–१६ इस्ट कप क्रिकेट: नेपाललाई मलेसियाले दियो ९१ रनको सामान्य लक्ष्य

काठमाडौँ । एसिसी यू–१६ इस्ट कप क्रिकेट प्रतियोगिताअन्तर्गत खेलमा मलेसियाले नेपाललाई जितको लागि ९१ रनको सामान्य लक्ष्य दिएको छ । 

क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा जारी पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसिया ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ९० रनमा अलआउट भयो । 

मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । त्यसैगरी कप्तान दियाज पात्रोले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि अभय यादवले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी सुभम खनालले तीन विकेट लिए भने कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १/१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button