तपाईँ सुन्दै हुनुहुन्छः

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

अमरगढी ,डडेल्धुरा । परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ । 

जोगबुडास्थित इलाका प्रहरी कार्यालयका  प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । तत्काल अस्पताल पुर्‍याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्थ्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button