तपाईँ सुन्दै हुनुहुन्छः

चौतारा साँगाचोकगढी नगरपालिकामा कोरोना परीक्षण सुरु

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले र्यापिड डाइनोष्टिक टेस्टबाट कोरोना परीक्षण सुरु गरेको छ ।

कोरोना रोग पत्ता लगाउने द्रुत परीक्षण टेस्ट किट र्यापिट डाइनोष्टिक टेस्टको प्रयोग गर्दै आज वडा नम्बर ६ पिपलडाँडा र गिदानेका ११ जना तथा मेलचौर स्थित क्वारेन्टाइनमा बसिरहेका ५ जनाको स्वास्थ्य परीक्षण गरेको छ ।

परीक्षण गरिएका सबैजनाको रिपोर्ट नेगेटिभ आएको चौतारा अस्पतालका मेडिकल अधिकृत निश्चल बोगटीले जानकारी दिनुभयो ।

विदेशबाट आएका स्थानीयहरुको परिवारका सबै सदस्यहरुको उक्त परीक्षण ल्याब टेक्निसियन अबनिश कुमार ठाकुरले गर्नुभएको थियो ।

विदेशबाट चौतारा सांगाचोकगढी नगरपालिकाको विभिन्न स्थानमा आइ बसोबास गरिरहेका सबैको यसैगरी परीक्षण गरिने नगरपालिकाका मेयर अमानसिङ तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button