तपाईँ सुन्दै हुनुहुन्छः

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधि सभामा अवरोध जारी 

काठमाडौँ । भिजिट भिसा प्रकरणको विषयलाई लिएर अवरुद्ध संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्न सकेको छैन । हिजो सूचना टाँस गरेर आज दिउसो १ बजेका लागि सारिएको बैठक दलहरुबीच सहमति हुन नसक्दा अझै बस्न नसकेको हो । 

प्रतिनिधि सभाको मङ्गलवारको बैठक पनि दलहरुबीच सहमति हुन नसक्दा अवरुद्ध भएको थियो । यसअघि, भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको जेठ १३ र १४ गतेको बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाका विषयमा सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहेका छन् । 

यसैबीच, भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा, संसद् अवरोध लगायतका विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बसिरहेको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा भएको बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button