तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको राहत कोषमा पौने दुई करोड जम्मा

फाइल तस्बिर

जनकपुरधाम । प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोडभन्दा बढी सहयोग जम्मा भएको छ ।

मुख्यमन्त्री सचिवालयका अनुसार सो कोषमा रु एक करोड ७८ लाख ५० हजार सहयोग रकम जम्मा भएको छ ।

सो कोषमा नेपाली काँग्रेस, सिभिल बैंंक, मेगाा बैंक, गण्डकी विकास बैंक, कुमारी बैंक, माछापुच्छ«े बैंक , नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकले सहयोग रकम जम्मा गरेका हुन् ।

त्यस्तै सहयोगी विकास बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र भाटभटेनी मलले सहयोग रकम कोषमा जम्मा गरेको छ । कोषमा ग्रामीण विकास लघु वित्तीय संस्थाले पनि सयोग रकम जम्मा गरेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button