एनएमबी बैंकद्वारा प्रदेश सरकारलाई एक सय थान पिपीई हस्तान्तरण

बिराटनगर । एनएमबी बैंकले प्रदेश न १ सरकारलाई आज एक सय थान गुुणस्तरयुुक्त व्यक्तिगत सुुरक्षा समाग्री पिपीई हस्तान्तरण गरेको छ ।
बिराटनगरस्थित मुुख्यमन्त्री कार्यालयमा प्रदेश न १ का मुुख्यमन्त्री शेरधन राईलाई एनएमबी बैंकका प्रदेश प्रमुुख उत्सव घिमिरेले उक्त सामाग्री हस्तान्तरण गर्नुु भएको हो ।
विपद्को अवस्थामा बैंकले गरेको सहयोगको सरहाना गर्नुुहुुदै मुुख्यमन्त्री राईले आगामी दिनमा पनि यसरी नै सहयोगको अपेक्षा गर्नुुभयो ।
कोभिड–१९बाट संक्रमण र रोकथामका लागि एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमार्फत बिभिन्न प्रकारका सहयोग गरिरहेको बैंकका प्रमुुख घिमिरेले बताउनुुभयो ।







प्रतिक्रिया राख्नुहोस्