राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा थेबे निर्वाचित

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा प्रतिद्वन्द्वी सुमन पुरीलाई पराजित गर्दै थेबे दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो ।
थेबेले ७९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत प्राप्त गर्नुभयो । कुल १ हजार ७ सय ६४ मतदातामध्ये १ हजार ४ सय ४ मत खसेको थियो ।








प्रतिक्रिया राख्नुहोस्