ईन्टरनेशनल कराँते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
रुपन्देही । रुपन्देही जिल्लामा सम्पन्न प्रथम लुम्बिनी ईन्टरनेश्नल कराँते च्याम्पियन २०२५ मा नेपाल टिम च्याम्पियन भएको छ ।
सितोरियो कराते डोजो तिलोत्तमाको आयोजनामा भएको अन्तिम दिनको खेलमा नेपाल टिम २२ स्वर्ण, १७ रजत र ४२ कास्य पदक जित्दै टिम प्रथम हुन सफल भएको हो । यसैगरि प्रतियोगितामा भारतको टिम १७ स्वर्ण, २५ रजत र ४८ कास्य जित्दै दोस्रो तथा भुटान टिम १३ स्वर्ण, ११ रजत र ९ कास्य पदक जित्दै तेस्रो हुन सफल भएको छ । प्रतियोगितामा नेपालका एन्जल घर्ती र एसके प्रियादर्शनी उत्कृष्ट फाईटरबाट पुरस्कृत भए ।

एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवि चौधरी, वडा न-३ का वडाअध्यक्ष कल्याण पौडेल, वडा न-९ का ध्रुव न्यौपाने, वडा न-४ का हरि बहादुर क्षेत्री, तिलोत्तमा चेम्बर अफ कमर्सका नेत्र प्रसाद न्यौपाने, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञान बहादुर कार्की, नेपाल एडभेन्चर किक बक्सिङ एशोसियसनका केन्द्रिय सदस्य अनिल चापागाईँ, अन्तर्राष्ट्रिय संयोजक लक्ष्मण थापा, सितोरियाे कराते संघका नारायण थापाले विजेता टिम तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको छ ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवि चौधरीले कराते खेलाडीलाई प्लेटफर्म दिँदै खेल पर्यटनको विकासमा टेवा पुग्ने गरि गरिएका कार्यक्रमलाई स्थानीय सरकारको साथ सहयोग रहेको भन्दै आगामी दिनमा खेल पूर्वाधारमा समेत ध्यान दिने बताउनुभयो ।
सितोरियो कराते डोजो तिलोत्तमाका अध्यक्ष सेनसाई सन्तु दङोरिया थारुले मार्शल आर्ट खेल अन्तरगत कराते खेललाई विश्व सामु चिनाउँदै यस क्षेत्रको पर्यटन विकास हुने गरि कार्यक्रम गरिएको बताउनुभयो ।
प्रतियोगितामा नेपाल, भुटान, भारत, बङ्गलादेश र श्रीलङ्का करिब ३ सय खेलाडीहरूले प्रतिस्पर्धा गरेको कार्यक्रम संयोजक मुध पाण्डेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्