तपाईँ सुन्दै हुनुहुन्छः

‘शान्ति प्रक्रियाका काम विधेयकमार्फत समाधान गर्ने प्रयास’

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा क्रान्तिको चेत अझै उस्तै रहेको बताउनुभएको छ ।

छेडागाड नगरपालिका–१२ मनघाटमा आयोजित जनसभालाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले २७ वर्षअघिको क्रान्तिको गति र अहिलेको गति एकै खालको देखिएको बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले जनयुद्धमा जाजरकोटले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । 

जनयुद्धको केन्द्रीय आधार इलाका रहेको जाजरकोट आजको परिवर्तनको हिस्सेदार रहेको उहाँको भनाइ थियो । १० वर्षदेखि अलपत्र शान्ति प्रक्रियाका काम विधेयकमार्फत समाधान गर्ने प्रयास भएको उहाँले बताउनुभयो । 

जाजरकोटका जनताले उठाएका कुरा सदनदेखि सरकारसम्म राख्ने उहाँले प्रतिबद्धता गर्नुभयो । मध्यपहाडी राजमार्गको मन्ताभिरको अवरोध हटाउन प्रयास गर्ने आश्वासन दिनुभयो । जाजरकोट–जुम्ला जोड्ने सडक निर्माण तथा नलगाड जलविद्युत् आयोजना निर्माणका लागि पहल गर्ने उहाँले बताउनुभयो । 

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button