तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाबाट जलस्रोत विधेयक पारित

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले जलस्रोत विधेयक, २०८१ पारित बहुमतले पारित गरेको छ ।

बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले पारित गरियोस् भनि प्रस्तुत गर्नुभएको जलस्रोत विधेयक २०८१ सभाको बहुमतले पारित गरेको हो । 

विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री खड्काले जलको उपयोग र संरक्षणका लागि कानुनी व्यवस्था गर्न विधेयक महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले जल विद्युत् विकास, जलको क्षमता तथा यसको संरक्षण र जलको बाँडफाँड न्यायोचित ढंगले कसरी गर्न सकिन्छ भन्ने कुरा विधेयकले स्पष्ट गरेको बताउनुभयो ।

छलफलमा सांसदहरूले सङ्घीयता र तीन तहको सरकारको समन्वयको विषयलाई विधेयकले समेटेको, जलको बहुउपयोग, जलस्रोतमा हुने प्रदूषण न्यूनीकरण गर्ने लगायतका विषय विधेयकमा समेटिनु सकारात्मक भएको बताउनुभयो ।

सांसदहरूले जलस्रोतको समग्र व्यवस्थापन गर्न आएको विधेयकको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । 

प्रतिनिधि सभाको अर्को बैठक भोली बिहान ११ बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button