कोरोना संक्रमित युवतीसँग एउटै विमानमा नेपाल आएका इलामका युवाको स्वाब परिक्षण रिर्पोट नेगेटिभ

इलाम । फ्रान्सबाट कतार हुँदै गत ४ गते आएकी कोरोना संक्रमित युवतीसँग सोही विमानमा नेपाल आएका इलामका एक युवामा गरिएको स्वाब परिक्षणको रिर्पोट नेगेटिभ आएको छ ।
इलाम नगरपालिका ४ का रमेश दुलालको स्वाब परिक्षणको रिर्पोट नेगेटिभ आएको इलाम अस्पतालले प्रेस नोटमा उल्लेख गरेको छ ।
२४ बर्षिय दुलाल अस्पतालको निगरानीमा आफ्नै घरमा क्वारेन्टाइनमा बस्दै आउनु भएको थियो । गत २१ गते दुलालको स्वाब संकलन गरी वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्