तपाईँ सुन्दै हुनुहुन्छः

हिमाल संरक्षणका लागि तत्काल विश्वव्यापी जलवायु कारबाहीको आह्वान: परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रहरूमा परेको भन्दै तिनको संरक्षणका लागि तत्काल विश्वव्यापी प्रयास आवश्यक रहेको बताउनुभएको छ।

सगरमाथा संवादको समापन सत्रको अध्यक्षता गर्दै मन्त्री राणाले जलवायु परिवर्तनले हिमाली पारिस्थितिक प्रणाली र समुदाय मात्र होइन, तटीय क्षेत्र र होचो भूभागमा समेत असर पारिरहेको उल्लेख गर्नुभयो । उहाँले हिमालहरू विश्व सम्पदा भएको उल्लेख गर्दै तिनको संरक्षणका लागि तत्कालै साझा प्रतिबद्धता सहित कदम चाल्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री राणाले सगरमाथा संवादले विश्वभरका नीति निर्माता, वैज्ञानिक र अभियन्ताहरूलाई जलवायु परिवर्तनको असर न्यूनीकरणमा आवाज उठाउनका लागि एक ठाउँमा भेला गरिएको बताउनुभयो।

सोही अवसरमा नेपाल सरकारका  मुख्य सचिव एकनारायण अर्यालले जलवायु संकट समाधानका लागि संवाद, सहकार्य र विज्ञानमा आधारित उपायको आवश्यकता औँल्याउनुभयो। उहाँले यो भेला जलवायु परिवर्तनको सानो हिस्सा भएपनि जलवायु परिवर्तनका कारण सबैभन्दा प्रभावित हिमाली देशहरूलाई अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button