तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीमा डुबेर बालकको मृत्यु

सर्लाहीको हरिपुर नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

वडा नं.१ मल्हनिया सामुदायिक वन भित्रको खाल्डोमा पौडि खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय भोमबहादुर रिखामको ८ वर्षिय छोरा धनबहादुर रिखाम रहेका छन ।

आइतबार मृत्क बालक दिउँसो गर्मी छल्न पौडि खेल्दै गर्दा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्क बालक सँगै पैडि खेल्न गएका तीन जना सकुशल बाहिर निस्केका छन ।

मृतक बालकको शव खाल्डोबाट निकालेर पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाएको ईलाका प्रहरी कार्यालय मुर्तियाका असई विनयकुमार पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button