डडेल्धुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड जेठ ६ गतेबाट
डडेल्धुरा । डडेल्धुरामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यही जेठ ६ र ७ गतेबाट सञ्चालन हुने भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जिल्ला सदरमुकाम स्थित टुँडिखेल खेलमैदानमा सञ्चालन हुने जनाइएको हो ।
सात वटै पालिकाहरूलाई टिम सहभागिता र स्थानीय तह स्तरीय सम्पन्न प्रतिवेदन तथा खेलाडीहरूको नाम दर्ता फाराम र जन्म दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपिहरू जेठ २ गते दिउसो ३ बजेभित्र कार्यालयमा पठाउनका लागी पत्राचार गरिएको जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख डम्बरबहादुर भण्डारीले जानकारी दिनुभयो ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डबाट क्षेत्रीय र राष्ट्रिय खेलमा सहभागी हुनका लागी छनौट गरिने कार्यक्रम रहेकाले यसलाई महत्वका साथ लिन स्थानीय तहका प्रमुखहरूलाई आग्रह समेत गरिएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्