तपाईँ सुन्दै हुनुहुन्छः

अपराध नियन्त्रण अनि सूचना सम्प्रेषणमा प्रहरी र पत्रकार एकअर्काका परिपूरक: प्रहरी उपरीक्षक घर्तिमगर 

बाँके । राष्ट्रसेवक प्रहरी र पत्रकारबिच अन्योन्याश्रित सम्बन्ध रहेको बाँके प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगरले बताउनु भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेमा नयाँ आउनुभएका प्रमुख प्रहरी उपरीक्षक घर्तिमगरले बाँकेका क्रियाशील पत्रकारहरूसँग परिचयात्मक कार्यक्रममा बोल्दै समाजमा शान्ति–सुरक्षाको व्यवस्थापन, अपराध नियन्त्रण अनि सूचना सम्प्रेषणमा प्रहरी र पत्रकार एकअर्काका परिपूरक रहेको उल्लेख गर्नु भयो । 

प्रहरी उपरीक्षक घर्तिमगरले प्रेस र प्रहरी अभिन्न अङ्ग भएको बताउँदै दुवै  एकअर्काको पर्याय भएको बताउनुभयो । 

शान्ति सुरक्षाको क्षेत्रमा सेवारत प्रहरीका लागि  पत्रकारहरूबाट आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्दै उहाँले समाजमा सुरक्षा स्थापना गर्नका लागि प्रहरीले गरेका राम्रा कामहरू गाउँबस्ति सम्म पुर्‍याइदिन र गल्ती कमजोरीहरूलाई पनि औँलयाईदिन पत्रकार समक्ष अनुरोध गर्नुभयो । र प्रहरी अभिन्न अङ्ग भएको बताउँदै दुवै  एकअर्काको पर्याय भएको बताउनुभयो । 

शान्ति सुरक्षाको क्षेत्रमा सेवारत प्रहरीका लागि  पत्रकारहरूबाट आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्दै उहाँले समाजमा सुरक्षा स्थापना गर्नका लागि प्रहरीले गरेका राम्रा कामहरू गाउँबस्ति सम्म पुर्‍याइदिन र गल्ती कमजोरीहरूलाई पनि औँलयाईदिन पत्रकार समक्ष अनुरोध गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button