सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री बीच भेटवार्ता

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदीत्यनाथबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज लखनउस्थित सरकारी निवासमा उहाँहरुबीच भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा उहाँहरुबीच आपसी हित, विकास लगायतका विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव देवानन्द जैशीले बताउनुभयो ।
भारत सरकारको औपचारिक निमन्त्रणमा बैशाख १६ गते भारत भ्रमणमा जानुभएका मुख्यमन्त्री शाह बैशाख २२ गते धनगढी फर्किने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्