‘किट विश्वविद्यालयमा तृषा मृत्यु प्रकरणमा अनुसन्धान भइरहेको छ’
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उडिसाको किट विश्वविद्यालयमा अध्ययनरत छात्रा तृषा शाहको रहस्यमय मृत्यु भएको घटनाको परराष्ट्र मन्त्रालयमार्फत अनुसन्धान भइरहेको बताउनुभएको छ ।

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा मन्त्री पन्तले किट विश्वविद्यालयमा एनओसी नलिई अध्ययन गर्न जानेहरूको सङ्ख्या ठूलो मात्रामा रहेकाले त्यहाँ अध्ययनरत विद्यार्थीको तथ्याङ्क लिन सम्बन्धित अधिकारीलाई निर्देशन दिइसकेको बैठकलाई जानकारी दिनुभयो ।
उक्त विश्वविद्यालयमा अध्ययन गर्न पठाउने संस्थाहरूको खोजी कार्य भइरहेको शिक्षामन्त्री पन्तले बैठकलाई जानकारी गराउनुभयो ।
मन्त्री पन्तले घटनाको सत्थतथ्य छानविन गरी दोषी उपर कानूनी कारबाही गर्न सरकारले पहलकदमी लिने पनि प्रतिबद्धता जनाउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्