धौलागिरि अस्पतालमा ईएमआर प्रणाली सुरु
बागलुङ । बैशाख धौलागिरि प्रादेशिक अस्पतालमा ईएमआर (ईलेक्ट्रोनिक मेडिकल रिपोर्ट) प्रणाली सुरु गरिएको छ ।
यो प्रणाली सुरु गरिएसँगै बिरामीको हिष्ट्री (विगत) पत्ता लगाई रोग निदान गर्न सहज हुने धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण तिवारीले बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको २३ लाख रुपैयाँको सहयोगमा यो प्रणाली सुरु गरिएको उहाँले जानकारी दिनुभयो । यो प्रणाली सुरु गरिएसँगै बिरामीले पटक–पटक पुर्जा पनि बोक्नु नपर्ने उहाँको भनाई थियो ।
यसले बिरामीलाई पटक–पटक पुर्जा बोकिरहनु पर्ने, आफ्नो विगतमा देखिएको रोगबारे पटक–पटक भनिरहनु पर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो । यसले अस्पताललाई प्रविधिमैत्री बनाउन सघाऊ पु¥याएको उहाँले जानकारी दिनुभयो ।
अस्पतालले पछिल्लो समय एचबिएवानसी नामक उपकरण पनि खरिद गरेको छ । यसबाट रगतमा भएको ग्लुकोजको मात्रा परीक्षण गरिने जनाइएको छ । ल्याब इन्चार्ज गरिमा ढकालले यसबाट एक पटकमा १० जनाको रगत परीक्षण गर्न सकिने बताउनुभयो । स्वचालित मेसिनबाट आउने रिपोर्ट त्रुटिरहित हुने उहाँको भनाई थियो ।
प्रतिक्रिया राख्नुहोस्