तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको जगन्नाथमा ट्रक दुर्घटना हुँदा ४ जना घाइते

बाजुरा । कर्णाली करिडोर अन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिकास्थित ओदाल मोडमा मिनी ट्रक दुर्घटना भएको छ । 

आज दिउँसो करिब साढे १ बजे मिनि ट्रक दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव बहादुर चौधरीका अनुसार सुर्खेतबाट जम्ला जाँदै गरेको बा५ख ३६७० नम्बरको मालवाहक मिनी ट्रक एक्कासी अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घाइते हुनेमा चालक सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका दिपक विक, सहचालक दैलेखको गुराँस गाउँपालिका ७ का अन्दाजी २१ वर्षका नवराज थापा, बाजुराको बुढीनन्दा नगरपालिका ८ कि अन्दाजी २७ बर्षिया बिमला थापा र अन्दाजी २६ बर्षकी बिमला गुरुङ रहेका छन्। घाइते मध्ये ट्रक चालक र सहचालकको कोल्टी आधारभूत अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । दुर्घटनामा परी गम्भीर घाइते बिमला थापा र बिमला गुरुङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button