तपाईँ सुन्दै हुनुहुन्छः

सर्पदंशबाट एक जनाको मृत्यु

झापा । झापामा विषालु सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ ।

हिजो साँझ विषालु सर्प सेतो गोमनको डसाइबाट बिर्तामोड नगरपालिका–७ भुसाबारी बस्ने ४८ वर्षीय सजनलाल राजवंशीको मृत्यु भएको हो ।

घरनजिकै पूजा गर्ने क्रममा झाडीमा उनलाई सर्पले डसेको थियो । घाइते राजवंशीलाई उपचारका लागि चारआली सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ सम्भव नभएपछि बीएण्डसी अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभयो ।

गर्मी लागेसँगै झापामा सर्पको बिगबिगी बढ्दै गएको बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button