मातातीर्थ औँसीको अवसरमा शिवसताक्षीमा २ सय मातालाई सम्मान
झापा । आज माता तीर्थ औँसीको अवसर पारेर झापाको शिवसताक्षीमा दुई सय ज्येष्ठ आमाहरूलाई सम्मान गरिएको छ ।

शिवसताक्षी नगरपालिका–६ ले वडाभरिका दुई सय माताहरूलाई झुल वितरण गर्दै सम्मान गरेको हो । वडाले गर्मीयाममा लाग्न सक्ने रोगहरूप्रति सचेत रहँदै स्वास्थ्य र मायाको चिनो स्वरूप ज्येष्ठ माताहरूलाई सम्मान गरिएको वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिक भवनमा आयोजित संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, वडाध्यक्ष कार्की, वडा सदस्य गोमा रिजाल लगायतले ज्येष्ठ माताहरूलाई झुल वितरण गर्दै सम्मान गर्नुभएको थियो ।
नगर प्रमुख थोप्राले ज्येष्ठ नागरिक समाजका जीवन्त इतिहास इतिहास भएकोले उहाँहरूको स्वास्थ्य र सम्मानमा कुनै कमी हुन नदिइने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्