आगामी बजेटका सम्बन्धमा प्रधानमन्त्री ओलीले आज मन्त्री र सचिवहरुसँग छलफल गर्नुहुँदै

काठमाण्डौ । आर्थिक वर्ष २०८२–८३ को बजेटको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीहरु र सचिवहरुसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल दिउसो साढे ३ बजे मन्त्रिपरिषदको कार्यालयमा हुनेछ ।
संबैधानिक व्यबस्था अनुसार आगामी जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट पेश गर्नुपर्ने छ । आजको छलफलमा सरकारको आगामी नीति तथा कार्यक्रमको प्राथमिकताका सम्बन्धमा पनि छलफल हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले पनि आगामी बजेटका सम्बन्धमा मन्त्रालयगत छलफल गदै आउनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्