तपाईँ सुन्दै हुनुहुन्छः

समाजमा नकारात्मक भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको छ : गृहमन्त्री लेखक

भक्तपुर । गृहमन्त्री रमेश लेखकले समाजमा नकारात्मक भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको बताउनुभएको छ । आज जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा गृहमन्त्री लेखकले लोकतन्त्र र गणतन्त्रले केही गर्न सकेन यसको विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गरेर कोशिश भइरहेको बताउनुभयो ।

यस्तो भाष्य निर्माण गर्ने प्रयास अत्यन्त गलत रहेको बताउँदै उहाँले लोकतन्त्र र गणतन्त्रमा सरकारले जनताको कुरा सुन्ने र बुझ्ने बताउनुभयो । गृहमन्त्री लेखकले लोकतन्त्र कुनै विकल्प छैन भन्दै समाज विकासको विज्ञान हमेसा अग्र गतिमा अगि बढ्ने तर पश्चगामी नहुने बताउनुभयो ।

लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिडिसकेको नेपाली समाज अब कुनै खाला खोल्सीमा अल्झन नसक्ने उहाँको भनाई थियो ।गृहमन्त्री लेखकले तत्कालीन राजाले कु गर्दा पहिलो निशाना सञ्चार माध्यलाई बनाएको बताउँदै राजतन्त्रको बेला सञ्चार र जनताका आवाज कुल्चिएको बताउनुभयो ।

राजतन्त्रका बेला सञ्चार माध्यमलाई आफ्नो गुणगान गाउन मात्र बाध्य पारिएको भन्दै मन्त्री लेखकले आफ्ना कमीकमजोरी सुधारेर जाने क्षमता लोकतन्त्रमा हुने उल्लेख गर्नुभयो । सरकारले गर्नुपर्ने जति काम र जनताले चाहे जति काम गर्न नसकेको होला तर केही पनि भएको छैन भन्न थालिएको भन्दै उहाँले लोकतन्त्र र गणतन्त्रमा नभएको काम राजा आएर नहुने बताउनुभयो ।

मन्त्री लेखकले सचेत नेपाली जनता कुनै तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भनेर भ्रमित हुँदैनन्भ न्ने विश्वास ब्यक्त गर्नुभयो ।केही समयका लागि केही मान्छेलाई भ्रममा पार्न सकिए पनि हमेसा सबै मान्छेलाई भ्रमित पार्न नसकिने उहाँको भनाई थियो ।

जनताका स्वतन्त्रता र भावनालाई कुण्ठित गर्ने व्यवस्था हामीले ब्यहोरी सकेको बताउँदै गृहमन्त्री लेखकले नागरिकका आवाज मुखरित गर्न र सबै किसिमका स्वतन्त्रता उपभोग गर्ने वातावरण सुनिश्चित गर्न नेपाली जनताको बलिदानबाट गणतन्त्र ल्याएको

बताउनुभयो । सञ्चार जगत माथि आफ्नो ठुलो भरोसा रहेको बताउँदै लोकतन्त्रमा मात्र स्वतन्त्र पत्रकारिता रहने भएकाले सञ्चार जगत लोकतन्त्रको पहरेदारको भूमिका निर्वाह गर्नुपर्ने बिचार ब्यक्त गर्नुभयो । भएका गाह«ो र अप्ठ्यारालाई पन्छाएर सबै मिली

देश बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । गृहमन्त्री लेखकले जुनसुकै बेला प्राकृतिक वा गैर प्राकृतिक जे सुकै बिपत पनि आउन सक्ने भएकाले हमेसा विपद्का लागि प्रतिकार्य गर्न तयार भएर बस्न जरुरी रहेको बताउनुभयो । गृहमन्त्रालयले जुद्ध वारुण यन्त्रका लागि चाहिने सहयोग गर्ने बताउँदै गृहमन्त्री लेखकले यो पुरानो संस्थामा एउटा म्युजियम बनाउन पनि जरुरी

रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य दुर्लभ थापा,गृहसचिब गोकर्णमणी दुवाडी,प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल,जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख बिजयप्रसाद धौभडले,जिल्ला

समन्वय समितिका पूर्व प्रमुख नवराज गेलाल,पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार लगायतले आगलागीका बेला जुद्ध वारुण यन्त्र कार्यालयले खेलेको प्रभावकारी भूमिकाबारे चर्चा गर्नुभयो । सो अवसरमा रेडियो नेपालका स्थानीय संवाददाता पुष्करराज बुढाथोकी,पत्रकार पेशल आचार्य र पत्रकार रमेश गिरी लगायत भवन निर्माणमा सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button