तपाईँ सुन्दै हुनुहुन्छः

गल्ती गर्नेले सजाय भोग्नुपर्छ : महामन्त्री थापा

नवलपरासी पश्चिम् । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले अख्तियार र सरकारले गरेको छानबिनको चित्त नबुझे विकल्पको रुपमा शक्तिशाली आयोग बनाउन सुझाउनुभएको छ । 

हरेक नागरिकलाई अहिले दलका नेताहरू सबै भ्रष्टाचारी हुन भन्ने लागेको तर, सजाय गल्ती गर्नेले भोग्नुपर्ने बताउँदै थापाले एउटाको गल्ती सबैले भोग्न जरुरी नभएको उल्लेख गर्नुभयो ।

‘नागरिकहरूलाई यो देशमा यति धेरै राजनीतिक दलहरू भ्रष्टाचारमा डुबेका छन्, नेताहरू भ्रष्ट भएका छन्, भ्रष्टाचारमा डुबेका छन् भन्ने लागेको छ तर गल्ती जसले गर्छ उसैले मात्रै भोग्ने हो, नबिराउनु नडराउनु’ थापाले भन्नुभयो ।

फरक सन्दर्भमा बोल्दै महामन्त्री थापाले पछिल्लो समय नागरिकहरूमा व्यापक रुपमा देखिएका असन्तुष्टिहरूलाई सम्बोधन गर्दै जानुपर्ने  धारणा राख्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button