तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्रभित्रै ठाउँ खोज्न राजावादीहरूलाई अध्यक्ष प्रचण्डको आग्रह 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गर्नुभयो । उहाँले लोकतन्त्र सबैको हो भन्ने मान्यतालाई कमजोरी नठान्न पनि राजावादीहरूलाई आग्रह गर्नुभयो । 

प्रमुख प्रतिपक्षी दलको नेता संसद्को रोष्ट्रममा उभिँदा प्रधानमन्त्री केपी शर्मा ओली निरन्तर अनुपस्थित भएकोप्रति आपत्ति जनाउँदै अध्यक्ष प्रचण्डले संसद् सञ्चालनमा प्रतिपक्षीलाई दिइएको स्पेसबारे गम्भीर हुन सत्तारुढ दलहरूलाई आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डले पछिल्ला आठ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैलीका कारण मुलुकका सबै क्षेत्र आन्दोलनमा उत्रनुपर्ने अवस्था बन्दै गएको आरोप लगाउनुभयो ।

अध्यक्ष प्रचण्डले अहिलेको सरकारको विश्वसनीयता सकिएकै देखेर पुरातनपन्थी राजतन्त्रवादी हौसिएको पनि बताउनुभयो । 

उहाँले राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरको चलखेल मिसिएको दाबी समेत गर्नुभयो ।

अध्यक्ष प्रचण्डले नेपालमा प्रतिक्रान्तिको तरबार चलाउन खोजिएको र उपलब्धिलाई उल्ट्याउने कोसिस भइराखेको भन्दै सरकार र राजावादीविरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button