तपाईँ सुन्दै हुनुहुन्छः

हङकङविरुद्धको खेलमा नेपालले ‘टस’ जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । युगान्डामा जारी महिला टी ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले ‘टस’ जितेको छ । 

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल क्रिकेट मैदानमा भरखरै भएको ‘टस’मा नेपाली टोलीको कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ रोजेकी हुन् । यससँगै हङ्कङले पहिला ‘ब्याटिङ’ गर्नेछ ।  आज हङकङलाई हराउँदै नेपाल प्रतियोगितामा दोस्रो जित दर्ता गराउने दाउमा छ ।   

पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो । यस्तै, हङकङ पनि दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा युगान्डासँग पराजित हङकङले दोस्रो खेलमा नामिबियालाई पराजित गरेको थियो ।

प्रतियोगितामा नेपालसँगै युगान्डा, नामिबिया र हङकङको सहभागिता रहेको छ । सिरिजमा सबै टोलीले एक अर्कासँग दुई÷ दुई  खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button