नेपाल-भारत सीमा क्षेत्रहरूमा सुरक्षाको संयुक्त गस्ती

रुपन्देही । नेपाल–भारतका सीमा क्षेत्रहरूमा नेपाल र भारतका सुरक्षा टिमबाट संयुक्त सीमा गस्ती गरिएको छ ।
चोरी निकासी, अवैध ओसार पसार,अपराध लगायतका घटना न्यूनीकरणका लागि संयुक्त गस्ती गरिएको हो ।
नेपाल-भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न, शान्ति सुरक्षाको सुनिश्चितता गर्न, सीमा सुरक्षा कायम गर्न र अन्य सीमा अपराध रोकथाम तथा नियन्त्रण गर्नका लागि संयुक्त गस्ती गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले बताउनुभयो ।
संयुक्त गस्ती तथा समकक्षी सुरक्षा निकायसँगको सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देही, सशस्त्र प्रहरी बल नेपाल, भारतीय सीमा सुरक्षा बल (SSB) र भारत उत्तर प्रदेश प्रहरीको संयुक्त टोलीले नेपाल-भारत सीमा क्षेत्रमा पैदल गस्ती एक एक हप्तामा गरिरहेको प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताउनुभयो ।

संयुक्त गस्तीमा इलाका प्रहरी कार्यालय बेलहियाबाट प्रहरी निरीक्षक मुकेश न्यौपाने, प्रबनानि खिम बहादुर खत्री, भारतीय उत्तर प्रदेश प्रहरी एस आइ बृजभान यादव ,सशस्त्र प्रहरी बल बाट सप्रनानि नेत्र बहादुर के.सी. र एसएसबी सुरजित घोस्ले सहितको टोलीले निरन्तर गस्ती गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नं १, सिद्धार्थनगर नगरपालिका वडा नं १ र २ लगायत नेपाल-भारत सीमा क्षेत्र एरिया पर्ने विभिन्न क्षेत्रहरूमा संयुक्त गस्ती गरि शान्ति सुरक्षा कायम गर्न क्रियाशील रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्