एसइई परीक्षामा मुगुबाट ९४६ जना विद्यार्थी सहभागी हुँदै

मुगु । एसइई परीक्षा २०८१ मा मुगु जिल्लाबाट नौ सय ४६ विद्यार्थीहरू सहभागी हुने बताइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई मुगुका निमित्त इकाइ प्रमुख खड्कराज भियालका अनुसार आगामी चैत ७ देखि १९ गतेसम्म चल्ने एसइई परीक्षामा मुगु जिल्लाबाट ९४६ जना विद्यार्थीहरू सहभागी हुनेछन ।
परीक्षा सञ्चालनका लागि चारवटा स्थानीय तहका ८ वटा माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । जस अनुसार सोरु गाउँपालिकामा भवानी मावि पुरुमुरु, विजय मावि कालै, खत्याड गाउँपालिकामा कालिका मावि बुगा,लोकप्रिय मावि गम्था, महादेव मष्टा मावि रातापानी, छायानाथ रारा नगरपालिकामा महाकाली नमुना मावि गमगढी, कर्णाली मावि टोप्ला र मुगुम कार्मारोङ्ग गाउँपालिकामा नेपाल राष्ट्रिय आवासीय मावि पुलु रहेका छन् ।
पालिका अनुसार परीक्षामा सहभागी हुने विद्यार्थी सङ्ख्यालाई हेर्दा सोरु गाउँपालिकाबाट १९९ जना खत्याड गाउँपालिकाबाट ४०८ जना, छायानाथ रारा नगरपालिकाबाट २५९ जना र मुगम कार्मारोङ्ग गाउँपालिकाबाट ८० जनाले यो वर्षको एसइई परीक्षा दिनेछन् । यो परीक्षामा नियमित तर्फ ४१६ छात्र ३६९ छात्रा गरि ७८५ जना र ग्रेट वृद्धिका लागि ६७ छात्र ९४ छात्रा गरि १६१ जना विद्यार्थी रहेका छन् ।
एसइई दिने विद्यार्थी मध्य ५७ जना नियमित ९ जना ग्रेडवृद्धी गरि ६६ जना प्राविधिक धार तर्फ विद्यार्थी रहेको पनि निमित्त इकाइ प्रमुख भियालले जानकारी गराएका छन् । उहाँका अनुसार गत वर्षको एसइईमा ११०९ जना विद्यार्थी सहभागी थिए तर यो वर्ष घटेर ९४६ जना सहभागी हुदैछन । विद्यालयमा नियमित हेर्नू, नियमित स्थानीय तह,समन्वय इकाइले शैक्षिक अनुगमन गर्नु, कक्षा ८ र ९ का परीक्षामा कडाइ गर्नु जस्ता कारणले गत वर्ष भन्दा यो वर्ष एसइईमा मुगुबाट सहभागी हुने विद्यार्थी घटेको इकाइ प्रमुख खड्कराज भियालले बताए ।
प्रतिक्रिया राख्नुहोस्