तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १ को मृत्यु, १२ जना घाइते

सुर्खेत । सुर्खेतमा फोर्स गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।  

दैलेखदेखि सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख– ०४१९ नम्बरको फोर्स गाडी आज दिउँसो वीरेन्द्रनगर–२, घोडालोटेमा दुर्घटना हुँदा सुर्खेतको बराहताल गाउँपालिका–५ की २८ वर्षीया भावना लामिछानेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

मृतक लामिछानेको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी अनियन्त्रित भएर सडकबाट १५ मिटर तल खसेको थियो । 

घाइतेहरूको सुर्खेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button