तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको बुढिनन्दामा भीरबाट लडेर एकजनाको मृत्यु

बाजुरा । बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर-१ का ४० वर्षीय नृपराज रेग्मी रहनुभएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुधवार साथीहरूसँग गाउँ नजिकै  रहेको खोलामा माछा मार्न गएका रेग्मी सोही ठाउँबाट बेपत्ता हुनुभएको थियो। 

 रेग्मी आज बिहान भीरबाट लडेर मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । 

मृतक रेग्मीको शव पोस्टमार्टमकालागि लागि कोल्टी अस्पतालमा राखिएको जिल्ला र घटनाको प्रकृति अनुसार भीरबाट नै लडेर मृत्यु भएको देखिए पनि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button