इमान्दार भएर गरिने कर्म नै पूजा हो : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको निःस्वार्थभावले सेवा गर्नु नै सबैभन्दा ठूलो धर्म भएको बताउनुभएको छ ।
आज सुर्खेतको लेकवेशी नगरपालिकामा नेकपा एमाले नगर कमिटीले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले आफूले आफ्ना लागि गरिने इमान्दार प्रयास नै कर्म भएकाले कर्म नै धर्म भएको बताउनु भयो ।
उहाँले सामूहिक एकताबाटै देशमा परिवर्तन ल्याउन सकिने भएकाले आ–आफ्नो ठाउँबाट देश र जनताका लागि इमान्दार प्रयास अघि बढाउन सुझाव दिनुभयो । नेकपा एमाले जनताले विश्वास गरेको पार्टी भएकाले चुनाव जित्न अहिलेकै सङ्ख्याले पुगे पनि, देश बनाउन थप आवश्यक हुने बताउँदै पार्टीले अघि सारेको ‘जरा अभियान’ लाई गाउँवस्तीका सबै घरदैलोमा पुर्याउन आग्रह गर्नु भयो ।
एमालेले अवसर पाउँदा र सरकार सञ्चालन गर्दा देशले विकासको गति लिने गरेको बताउँदै मुख्यमन्त्री कँडेलले पार्टीले अभियानका माध्यमबाट एमालेले अघि सारेका कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन नेता, कर्ताको प्रभावकारी भूमिका आवश्यक हुने गरेको बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्