प्रेम सम्बन्धको विषयले झडप हुँदा २१ जना घाइते, प्रहरीको गाडी जलाइयो

नवलपरासी पश्चिम् । प्रेम सम्बन्धको विषयलाई लिएर पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आज बिहान स्थानीय दुई पक्षबिच झडप भएको छ ।
झडपमा २१ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रेम जिल्लाको पाल्हीनन्दन ३ बेलासपुरमा भएको विवादको क्रममा केटा र केटी पक्ष बिच झडप हुँदा सशस्त्र र नेपाल प्रहरी तर्फ १६ र अन्य तर्फ ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर नारायण थापाले जानकारी दिनुभयो ।
झडपका क्रममा घाइतेहरू मध्ये ३५ वर्षीय विजय धवलको अवस्था गम्भीर रहेको बताइएको छ । उनको भैरहवामा उपचार भइरहेको छ।

विवादले उग्र रूप लिएर दुई पक्षबिच झडपको अवस्था आएपछि आक्रोशित भिडले प्रहरीको गाडी र बेलासपुरमा रहेको कवार्ड गोदाममा पनि आगजनी गरेका थिए।गोदाम र प्रहरीलेको गाडी पूर्ण रुपमा जलेको छ ।
प्रहरीले घटना नियन्त्रणमा लिन ३ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । अहिले बाक्लो मात्रामा प्रहरी परिचालन गरि अवस्था सामान्य बनेको पश्चिम् नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताउनु भयो । फरक समुदाय बिच प्रेम सम्बन्ध भएको निहुँमा घटना घटेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्