‘युवाहरूलाई स्वदेशमा नै काम गर्ने अवसर निर्माण हुनु पर्दछ’
जनकपुरधाम । नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले युवाहरूलाई स्वदेशमा नै काम गर्ने वातावरणको निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।

पार्टीको धनुषा समितिद्वारा नेपाली राजनीतिका शिखर पुरुष अहिंसावादी नेता महेन्द्रनारायण निधिको १०४ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उहाँले १७ लाख हेक्टर कृषि योग्य भूमि भएको बताउँदै यसको सही सदुपयोग गरिए ४० करोड जनसङ्ख्यालाई खाद्यान्न आपूर्ति गर्न सकिने दाबी गर्नुभयो ।
नेपाली काँग्रेसको नेतृत्वका कारणले मुलुकमा शिक्षा, स्वास्थ्य, सञ्चार तथा सडक पूर्वाधारको विकासमा ठूलो परिवर्तन आएको दाबी गर्दै महेन्द्रनारायण निधिको सङ्घर्ष तथा त्यागका विषयमा युवा पुस्तालाई बुझाउन जरुरी रहेको उहाँले बताउनुभयो ।
काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र मोहन यादवले गान्धीवादी नेता स्वर्गीय महेन्द्रनारायण निधिको नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्