सल्यानमा बाघको आक्रमणबाट ८ बाख्रा मरे

सल्यान । सल्यानमा बाघको आक्रमणबाट ८ बाख्रा मरेका छन् । जिल्लाको बनगाडल कुपिण्डे नगरपालिका ११ पाँचारेमा बाघको आक्रमणबाट खरबारी चरिरहेका ८ बाख्रा मरेका हुन भने ७ बाख्रा अझै बेपत्ता भएका छन् ।
बाघको आक्रमणबाट मोहलाल पुन मगरका ४, मदन पुन मगरका २, पहल सिंह विकको १ र धन बहादुर कामीको १ गरी ८ बाख्रा मरेको पीडित मोहलाल पुन मगरले जानकारी दिनु भयो । दिउँसो घर नजिकै रहेको खरबारीमा चरी रहेको अवस्थामा बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गरेपछि तर्सिएर मदन पुन मगरका २, तुम्को बुढाको १ भेडा र देव बहादुर पुनको १ भेडा हराएका छन् । घर नजिकैबाट बाघले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित हुन थालेका छन् ।
घटनाको जानकारी पश्चात् नगर उपप्रमुख सहित प्रहरी टोली घटनास्थलमा पुगी अनुगमन गरेको छ । अनुगमन पश्चात् आवश्यक क्षतिपूर्तिका लागि डिभिजन वन कार्यालय सल्यानमा समन्वय गर्ने बनगाड कुपिण्डे नगरपालिकाका उपप्रमुख पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्