अर्थमन्त्री पौडेल पुन: नियमित काममा
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किनु भएको छ ।

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उहाँ घाइते हुनु भएको थियो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उहाँ डिस्चार्ज हुनु भएको थियो । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्