बागलुङको निसीखोलामा ८० वर्षीय महिलाको शव फेला
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका वडा नं. १ देविस्थानस्थित निसीखोलाको बाँधमा एक वृद्धको शव फेला परेको छ ।
बिहीबार सोही निसीखोला–१ लेवाङ निवासी ८० वर्षीय रुपी विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
खोलामा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । माघ २५ गतेदेखि हराइरहनुभएकी विकको शव आज निसीखोलामा फेला परेको हो । विक बेपत्ता भएपछि गत आइतबार प्रहरी कार्यालयमा हुलियासहित निवेदन दिएपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतको टोली खोजी कार्यमा परिचालन भएको थियो ।
शव गलिसकेको अवस्थामा रहेको र पोष्टमार्टमका लागि बुर्तिवाङमा अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्