तपाईँ सुन्दै हुनुहुन्छः

दुवै सदनको बैठक आज, के-के छन् कार्यसूची?

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/८० का लागि महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको विद्युतीय व्यापार विधेयक, २०८० छलफलका लागि राष्ट्रिय सभामा प्रस्तुत गर्ने प्रस्ताव राख्ने कार्यसूची छ।

मन्त्री भण्डारीले विद्युतीय व्यापार (ई-कमर्स) विधेयक, २०८१ पारित गर्न पनि प्रस्ताव गर्ने संसद् सचिवालयले जानकारी दिएको छ।

राष्ट्रिय सभाको बैठकमा आज के-के छन् कार्यसूची ?

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५औं वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ।

यसका अतिरिक्त, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button