इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप : म्यानमारको विजयी सुरुवात

काठमाडौँ । म्यानमारले फराकिलो जितसहित इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको हो ।
यस नतिजासँगै म्यानमारले तीन अङ्क जोडेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५६औँ मिनेटमा म्यानमारले सुरुआती अग्रता लियो ।
विन थइनगितुनले गोलले पेनाल्टी बक्सबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो । ६०औँ मिनेटमा लेबनान पनि खेलमा फर्कियो । मध्यभागबाट लयला इस्कान्डरले एक्लै बल बढाउँदै गोल गरिन् । उनलाई रोक्न म्यानमारकी गोलकिपर म्यो म्याम्या आफ्नो स्थान छाडेर पेनाल्टी बक्सबाहिर आइपुगेकी थिइन् । तर, रोक्न सकिनन् ।
७२औँ मिनेटमा म्यानमारले पुनः अग्रता लियो । स्वेय यी तुनले हेडरमार्फत बललाई जाली चुमाइन् । त्यसको तीन मिनेटपछि नै म्याट नोए बिनाले अर्को गोल थपिन् । उनले रिबाउन्डमा गोल गरेकी हुन् ।
प्रतिक्रिया राख्नुहोस्