६ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिहरूको बैठक बस्दैछ।
बिहान ११ बजे अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संशोधनकर्तासँग छलफल हुनेछ।
त्यस्तै, बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा स्वर्गद्वारी गुठी किसानहरूको समस्या सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल हुनेछ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ, जसमा संघीय निजामती सेवाको गठन र सञ्चालन सम्बन्धी विधेयक, २०८० माथि छलफल हुनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ।
मध्यान्ह साढे १२ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालको एलडीसी ग्रेजुएशन सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ उपसमितिबाट पेस र छलफल हुनेछ।
अन्तिम बैठक बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हुनेछ, जसमा राष्ट्रिय निकुञ्जहरूको नीतिगत समस्याहरूको समाधानका बारे छलफल हुनेछ।







प्रतिक्रिया राख्नुहोस्