तपाईँ सुन्दै हुनुहुन्छः

ठोरीमा भारतीय नागरीककोे शव फेला 

बीरगंज । पर्सा जिल्लाको ठोरीमा आज बिहान एक भारतीय नागरीककोे शव फेला परेको छ । हत्या गरि झाडीमा फालिएको अवस्थामा ४५ वर्षीय  पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

ठोरी गाउँपालिका वडा नम्बर ५ बाघमोर्चा पुलको दक्षिण र भारतीय सीमा नजिक आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक पुरुष छिमेकी मुलुक भारतको पश्चिमी चम्पारण मानपुर थाना अन्तर्गत चौहाटा निवासी राजदेव माझि रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या गरेर फालिएको हुनसक्ने आशङ्का छ । मृतकको साथबाट मोबाइल र डायरी फेला परेको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक रन्जित लामाले जानकारी दिनुभयो । 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लामाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button