तपाईँ सुन्दै हुनुहुन्छः

महायज्ञ सामाजिक उत्तरदायित्व बहन गर्ने प्रभावकारी माध्यम : मुख्यमन्त्री आचार्य 

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महायज्ञ सामाजिक उत्तरदायित्व बहन गर्ने प्रभावकारी माध्यम  बन्दै गएको बताउनुभएको छ । 

धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरूले समाजमा नैतिकता, एकता र सहयोगको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने गरेको मुख्यमन्त्री उहाँले बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाû१२ नयाँ गाउँमा माघ २२ गतेदेखि सञ्चालित महायज्ञमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सामाजिक उत्तरदायित्व बहन गर्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानको भूमिका महत्त्वपूर्ण भएको बताउनुभयो । धार्मिक अनुष्ठानका माध्यमबाट नैतिक शिक्षा, धार्मिक चेतना र परोपकारी कार्यहरू प्रवर्द्धन गर्न सकिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

स्थानीय समुदायको सहभागिताले यस्ता कार्यहरू अझ प्रभावकारी बन्ने र धार्मिक तथा सांस्कृतिक मूल्य मान्यताको संरक्षण हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button